विश्वकपमा अष्ट्रेलियाकाे लगातार दाेश्राे जीत

विश्वकपमा अष्ट्रेलियाकाे लगातार दाेश्राे जीत

टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकाे अष्ट्रेलियाका लागि बलिङतर्फ एडम ज्याम्पा, मिचेल स्टार्क र प्याट कमिन्सले समान २-२ विकेट लिए। श्रीलंका ६ विकेट गुमाएर एक सय ५४ रनमा समेटियाे। 

ब्याटिङतर्फ अष्ट्रेलियाका लागि डेभिड वार्नरले शानदार ६५ रन बनाए। आराेन फिन्च ३७ र स्टिभ स्मितले २८ रन बनाए।

अष्ट्रेलियाका एडम ज्याम्पा म्यान अफ द म्याच भए। जीतसँगै अष्ट्रेलिया अंक तालिकामा ४ अंकसहित दाेश्राे स्थानमा छ। श्रीलंका भने चाैथाे स्थानमा पुगेकाे छ। 

कात्तिक १२, २०७८ शुक्रबार ०७:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।