नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार ५ अर्ब

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार ५ अर्ब

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्से १३.०४ अङ्कले बढेको छ। सेयर बजार मापक नेप्से परिसूचक २७८२.१६ बिन्दुमा कायम भएको छ। 

बिहीबार कारोबारमा आएका २२२ कम्पनीका ९२ लाख ३६ हजार ६१३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२८ रुपैयाँको कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ। 

१३ उपसमूह मध्ये बैङ्किङ, व्यापार, होटेल र पर्यटन, जीवन बिमा म्युचुअल फन्ड उपसमूह घटेका छन्। विकास बैङ्क, जलविद्युत, फाइनान्स, निर्जीवन बिमा उपसमूह बढेका छन्। 

जीवन बिमा उपसमूह ८७.६८ अङ्कले घटेको छ। होटेल र पर्यटन ३८.०४, व्यापार ९.६ र बैङ्किङ ७.९५ अङ्कले घटेको छ। 

सबै भन्दा धेरै माइक्रोफाइनान्स उपसमूह १३०.४२ अङ्कले बढेको छ। जलविद्युत ६५.४४,विकास बैङ्क ५०.५७ र अन्य उपसमूह ४७.४२ अङ्कले बढेको छ।

कात्तिक ११, २०७८ बिहीबार १५:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।