यु-२३ एसियन कपमा आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल

यु-२३ एसियन कपमा आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ : नेपालले एएफसी यु-२३ एसियन कप छनोट चरणको दोस्रो खेलमा बिहीबार आयोजक ताजकिस्तानसँग खेल्दै छ।

छनोट चरणमा ११ टोली सहभागी छन्। उज्बेकिस्तानमा सन् २०२२ मा आयोजना हुने  एएफसी यु-२३ एसियन कपका लागि प्रत्येक समूहको शीर्ष टोलीका साथै उत्कृष्ट पाँच उपविजेता  गरी १६ टोली छनोट हुनेछन्।

समूह ‘बी’ मा नेपालसँगै ताजकिस्तान, लेबनान र इरान छन्। समूह ‘बी’ मा इरान र ताजकिस्तानको एक खेलबाट समान तीन अङ्क जोडिसकेका छन्। 

पहिलो खेलमा पराजित भइसकेको छ। मङ्गलवार भएको पहिलो खेलमा इरानसँग नेपाल ४-० ले पराजित भएको थियो। दोस्रो खेलमा पनि पराजित भए अघिल्लो चरणमा प्रवेश गर्ने नेपालको सम्भावना न्यून बन्ने छ।

ताजकिस्तानले पहिलो खेलमा लेबनानलाई हराएको छ। बिहीबार नेपाली समय अनुसार साँझ ७:७५ मा नेपाल र ताजकिस्तानविचको खेल हुँदैछ।

बिहीबारको पहिलो खेल इरान र लेबनानविच खेल हुँदैछ।

कात्तिक ११, २०७८ बिहीबार १४:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।