लुम्बिनी प्रदेश संसद्मा एमालेको अवरोध, नारा लगाएर बैठक चल्न दिएनन्

बुटवल : माओवादी केन्द्रमा लागेका एमालेका दुई सांसदको निलम्बनको माग गर्दै संसद् अवरोध गर्दै आएका एमालेका प्रदेश सांसदहरूले बिहीबार पनि अवरोध जारी राखेका छन्।
उनीहरूले बिहीबार लुम्बिनी प्रदेशसभामा नाराबाजी गरेर संसद् चल्न दिएका छैनन्। उनीहरू रोष्ट्रम अगाडि उभिएर कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन्।
उनीहरूले स्वच्छ चारी मुर्दावाद, संसदीय सर्वोच्चता कायम गर लगायतका नारा लगाउँदै संसद् बैठकमा अवरोध गरिरहेका छन्। लुम्बिनीमा शङ्कर पोखरेल नेतृत्वको सरकार ढलेर केन्द्रकै गठबन्धन अनुसार माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठन भएपछि एमालेले संसद्मा अवरोध गर्दै आएको छ।
कात्तिक ११, २०७८ बिहीबार १४:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।