सुनकाे मूल्यमा घटबड: आज ताेलामा ४ सयले वृद्धि

काठमाडाैंः आज नेपाली बजारमा सुनकाे मूल्य उकालाे लागेकाे छ। हिजाे एकैदिन ६ सयले घटेकाे सुनकाे मूल्य आज प्रतिताेला ४ सयले बढेकाे हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला ९२ हजार ४ सय ताेकिएकाे छ भने तेजाबी सुन ९१ हजार ९०० रहेकाे छ।
आज चाँदीकाे मूल्यमा भने कुनै घटबड नभएकाे महासंघले जनाएकाे छ। आज चाँदी प्रतिताेला एक हजार २५० मा काराेबार भएकाे छ।
कात्तिक ११, २०७८ बिहीबार ११:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।