भारतले गर्याे अग्नि-५ क्षेप्यास्त्रकाे सफल परीक्षण, आवाजकाे गतिभन्दा २४ गुणा छिटो उड्न सक्ने

एजेन्सीः भारतले अग्नि-५ क्षेप्यास्त्रकाे सफल परीक्षण गरेकाे छ। बुधबार साँझ ५ हजार किलाेमिटर रेन्जकाे क्षेप्यास्त्रकाे परीक्षण गरिएकाे हाे।
क्षेप्यास्त्रकाे परीक्षणलाई भारतीय सञ्चारमाध्यमहरूले चीनलाई भारतकाे रणनीतिक संकेतकाे रूपमा व्याख्या गरेका छन्। यसकाे निशाना पनि अचुक हुने बताइएकाे छ। यसलाई एक साथ थुप्रै निशाना लगाएर सेट गर्न सकिने छ।
यस्तै क्षेप्यास्त्र आवाजकाे गतिभन्दा २४ गुणा छिटो उड्न सक्ने पनि बताइएकाे छ।
याे क्षेप्यास्त्र न्यूक्लियर हमला गर्न पनि सक्षम रहेकाे छ भने यसलाई इन्टरसेप्ट गर्न निकै गाह्राे रहेकाे बताइएकाे छ। भारतकाे रक्षा अनुसन्धान एवं विकास संगठनले यसकाे निर्माण गरेकाे हाे।
कात्तिक ११, २०७८ बिहीबार ११:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।