बाढीका कारण कञ्चनपुरमा करिब १२ हजार हेक्टरको धानमा क्षति

बाढीका कारण कञ्चनपुरमा करिब १२ हजार हेक्टरको धानमा क्षति

कञ्चनपुरः दशैंलगत्तैकाे बाढी र डुबानमा परी कञ्चनपुरमा करिब १२ हजार हेक्टर क्षेत्रफलकाे धानबालीमा क्षति पुगेकाे छ। जिल्लाकाे कृषि ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर विष्टले १२ देखि १३ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली क्षति पुगेको बताए।

'अहिले वडास्तरबाट क्षतिको विवरण सङ्कलन भइरहेको छ', उनले भने, 'सबैभन्दा बढी क्षति शुक्लाफाँटा, बेदकोट र दोधारा चाँदनी नगरपालिकासहित दक्षिणतिर भएको देखिन्छ।' 

जिल्लामा ४८ हजार हेक्टरमा धानखेती गर्दै आइएको छ।

कृषि ज्ञान केन्द्रका अनुसार धानसहित अन्य अन्न तथा नगदे बालीमा पनि क्षति पुगेकाे छ। उखु तथा केरामा १० प्रतिशत र तरकारीमा पाँच प्रतिशत क्षति भएको छ।

कात्तिक ११, २०७८ बिहीबार ११:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।