विश्वकपमा आज अष्ट्रेलिया र श्रीलंका भिड्ने

विश्वकपमा आज अष्ट्रेलिया र श्रीलंका भिड्ने

काठमाडाैंः जारी टी ट्वेन्टी विश्वकपमा आज एक खेल हुनेछ। नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुने खेलमा अष्ट्रेलिया र श्रीलंका भिड्ने छन्। 

अष्ट्रेलियाले जारी विश्वकपमा केवल एक खेल मात्र खेलेकाे छ। दक्षिण अफ्रिकाविरुद्धकाे खेलमा अष्ट्रेलिया विजयी भएकाे थियाे। यता श्रीलंका समूह चरण पार गरेर सुपर १२ मा प्रवेश गरेकाे हाे। यस दाैरान श्रीलंकाले सबै खेलमा जीत हासिल गरेकाे छ। 

अष्ट्रेलिया र श्रीलंका हालसम्म १६ पटक टी ट्वेन्टीमा आमने सामने भएका छन्। त्यसमध्ये ८ खेल अष्ट्रेलिया र ८ खेल श्रीलंकाले जितेकाे छ। 

 

कात्तिक ११, २०७८ बिहीबार १०:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।