विश्वकप: इंग्ल्याण्ड र नामिबिया विजयी

काठमाडाैंः जारी टी ट्वेन्टी विश्वकपमा हिजाे भएका दुई खेलमा इंग्ल्याण्ड र नामिबिया विजयी भएका छन्। इंग्ल्याण्डले बङ्गलादेशलाई ८ विकेटले हराएकाे हाे भने नामिबियाले स्कटल्याण्डलाई ४ विकेटले हराएकाे हाे।
इंग्ल्याण्डकाे जीतमा जेसन राेयले ६१ रनकाे शानदार पारी खेले। त्यस्तै डेभिड मलानले २८ र जाेस बट्लरले १८ रनकाे पारी खेले। यता बलिङतर्फ टाइमल मिल्सले ३ विकेट हात पारे।
बङ्गलादेशका भने मुश्फिकर रहिमले २९ रन बनाउनबाहेक अरूले उल्लेखनीय पारी खेल्न सकेनन्।
त्यस्तै नामिबियाकाे जीतमा जेजे स्मिटले ३२ रनकाे पारी खेले। क्रेग विलियम्सले २३ रन बनाए। बलिङतर्फ माइकल लेस्कले २ विकेट लिए। नामिबियाले १९ ओभर १ बलमा स्कटल्याण्डले दिएकाे एक सय १० रनकाे लक्ष्य भेटाएकाे थियाे।
कात्तिक ११, २०७८ बिहीबार ०७:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।