सुदूरपश्चिमका केही वडामा मात्रै एमालेको वडा अधिवेशन

धनगढी : नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मात्रै वडा अधिवेशन सकिएको जनाएको छ।
अहिलेसम्म डडेलधुराको एउटा वडा, अछाम, बाजुरा र दार्चुलाका केही वडामा मात्रै अधिवेशन सकिएको एमाले प्रदेश पार्टी कार्यालयले जनाएको हो।
बाढी पहिरोले जनधनको क्षतीभएपछि वडा तथा नगर अधिवेशन १२ र १५ गतेका लागि सारेको एमाले सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले जानकारी दिए।
‘तयारी पुरा भएका केही स्थानमा भने अधिवेशन भइसक्यो,’उनले भने,‘बाढी पहिरो आएकाले तत्काल राहत तथा उद्धारको लागि खटिन आवश्यक देखिएको हुँदा हामीले अधिवेशन सारेका हौँ।’
उनका अनुसार बाजुराका प्राय पालिका,अछामका ४० वडामा र दार्चुलाको एउटा वडामा अधिवेशन हुन बाँकी छ। प्रदेशका अन्य वडा तथा नगरमा १२, १५ र १७ गते अधिवेशन हुने उनले जानकारी दिए।
‘अहिले सम्म कहीँ विवाद र बहस भएको छैन,सबै ठाउँमा सर्वसम्मत अधिवेशन सम्पन्न भएको छ,‘अध्यक्ष थापाले भने,‘सुदूरपश्चिममा कुनै विवाद छैन,शान्तिपूर्ण ढङ्गले अधिवेशन सम्पन्न हुन्छ।’
पार्टी अध्यक्ष केपी ओलीले कार्तिक ६ गते देशभर एक साथ वडा अधिवेशन उद्घाटन गरेका थिए। त्यसयता सुदूरपश्चिम प्रदेशका केही वडामा अधिवेशन भए पनि अधिकांशमा हुन सकेको छैन।
कात्तिक १०, २०७८ बुधबार १८:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।