बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न भोलि ३ बजेसम्मको समय

बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न भोलि ३ बजेसम्मको समय

काठमाडौँ : बागमती प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न भोलि दिउँसो ३ बजेसम्मको समय दिएका छन्।

प्रदेश प्रमुखले भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकाले भोलि दिउँसो ३ बजेभित्र मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आव्हान गरेका हुन्।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिको दाबी पेस गर्न आव्हान भएको हो।

मुख्यमन्त्रीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको समर्थनमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले दाबी पेस गर्ने तयारी गरेका छन्।

कात्तिक १०, २०७८ बुधबार १७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।