नेप्सेको उकालो यात्रा, दोहोरो अङ्कले बढ्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर बजार बढ्ने क्रम बुधबार पनि कायम रह्यो। नेप्से परिसूचक १८.०६ अङ्कले बढेर २७६९.१३ बिन्दुमा कायम भएको छ।
कारोबारमा आएका २२८ कम्पनीका १ करोड १५ लाख ९२ हजार २३५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० रुपैयाँको कारोबार भएको छ।
बुधबार पनि जीवन बिमा उपसमूह सबै भन्दा धेरै अङ्कले बढेको छ। यो उपसमूह ३१७.७४ अङ्कले बढेको छ। निर्जीवन बिमा उपसमूह १७८.२३, माइक्रोफाइनान्स ५८.६ अङ्कले बढेको छ।
होटेल र पर्यटन १०.२४, जलविद्युत २०.३८, विकास बैङ्क १.५५ अङ्कले घटेको छ।
कात्तिक १०, २०७८ बुधबार १५:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।