चीन-तालिबान भेट: सहनशीलता प्रस्तुत गर्न तालिबानलाई आग्रह

चीन-तालिबान भेट: सहनशीलता प्रस्तुत गर्न तालिबानलाई आग्रह

एजेन्सीः चिनियाँ विदेशमन्त्री वाङ यीले तालिबानसँगकाे भेटवार्ता सकारात्मक भएकाे बताएका छन्। कतारकाे दाेहामा चिनियाँ विदेशमन्त्री र तालिबानी सरकारका उपप्रधानमन्त्रीबीच मङ्गलबार भेटवार्ता भएकाे थियाे। 

द्विपक्षीय भेटमा आपसी विश्वास वृद्धि भएकाे र अफगानिस्तानको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ।

चीनले अफगानिस्तानलाई देशकाे पुनर्निर्माणमा सहयाेग गर्ने बाचा पनि गरेकाे छ। चिनियाँ विदेशमन्त्रीले विश्व समुदायलाई तालिबानसँग मिलेर काम गर्न पनि आग्रह गरेका छन्। उनले तालिबानलाई खुला र सहनशीलता प्रस्तुत गर्न पनि आग्रह गरेका छन्।  

 

कात्तिक १०, २०७८ बुधबार १३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।