टी ट्वेन्टी विश्वकपमा आज दुई खेल हुँदै

काठमाडाैंः जारी टी ट्वेन्टी विश्वकपमा आज दुई खेल हुँदै छन्। पहिलाेमा इंग्ल्याण्ड र बङ्गलादेश भिड्दैछन् भने दाेश्राेमा नामिबिया र स्कटल्याण्ड भिड्दैछन्।
इंग्ल्याण्ड र बङ्गलादेशबीचकाे खेल दिउँसाे ३:४५ बाट सुरु हुनेछ। यस्तै नामिबिया र स्कटल्याण्डबीचकाे खेल साँझ ७:४५ बाट सुरु हुनेछ।
इंग्ल्याण्डले यसअघि वेस्ट इण्डिजलाई हराउँदै प्रतियाेगितामा सुखद् सुरुआत गरेकाे थियाे भने बङ्गलादेश श्रीलंकासँग पराजित भएकाे थियाे। यता नामिबियाकाे सुपर १२ मा याे पहिलाे खेल हाे भने स्कटल्याण्ड अफगानिस्तानसँग पराजित भएकाे थियाे।
कात्तिक १०, २०७८ बुधबार १०:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।