
१९ महिना लामाे सीमाबन्दी खाेल्दै अष्ट्रेलिया

एजेन्सीः काेराेना महामारीबाट जाेगिन भन्दै अष्ट्रेलियाले विगत १९ महिनादेखि लगाएकाे सीमाबन्दी आगामी साताबाट खाेल्ने जनाएकाे छ। सीमाबन्दीका कारण अष्ट्रेलियनहरू अनुमतिबिना देशबाहिर जान पाएका थिएनन्।
नाेभेम्बर १ बाट नागरिकहरू बिनाअनुमति देश छाेड्न सक्ने बताइएकाे छ। यद्यपि उनीहरूले काेराेनाविरुद्धकाे खाेपकाे पूर्ण मात्रा लगाएकाे हुनपर्नेछ। हाल याे कानून अष्ट्रेलियाली नागरिकलाई मात्र हाे। अष्ट्रेलियाकाे सरकारले विदेशी नागरिककाे हकमा पनि छिटै लचक नीति ल्याइने बताएकाे छ।
यस्तै अष्ट्रेलियाका आन्तरिक मामिलामन्त्री कारेन एन्ड्रिउजले सन् २०२१ काे अन्त्यसम्ममा पूर्ण मात्रा खाेप लगाएका दक्ष कामदार र अन्तर्राष्ट्रिय विद्यार्थीलाई पनि देश प्रवेश गर्न दिइने एक विज्ञप्तिमार्फत बताएका छन्।
कात्तिक १०, २०७८ बुधबार ०८:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।