कोरियामा वैदेशिक रोजगारीको अवरोध हट्यो, बुधवार ४८ जना जाँदै

कोरियामा वैदेशिक रोजगारीको अवरोध हट्यो, बुधवार ४८ जना जाँदै

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरू  २० महिनादेखि कोरिया जान पाएका थिएनन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा अवरोध हटेको हो। कोरिया सरकार प्रक्रिया सुरु गर्न सहमत भएपछि बुधवार कोरिया जाने पर्खाइमा रहेकामध्ये पहिलो चरणमा ४८ जना श्रमिक कोरिया जाँदै छन्।

उनीहरू बुधवार साँझ ७ बजेको उडानमार्फत कोरिया जाँदै छन्। उनीहरूलाई दिउसो ३ बजे मन्त्रालयका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दै छन्।

 

कात्तिक ९, २०७८ मंगलबार १८:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।