होटलमा काममा लगाउने प्रलोभनमा यौन शोषण गरेको आरोपमा २ जना पक्राउ

होटलमा काममा लगाउने प्रलोभनमा यौन शोषण गरेको आरोपमा २ जना पक्राउ

कास्की : होटलमा काममा लगाइदिने प्रलोभनमा पारेर महिलाको यौन शोषण गरेको आरोपमा २ जना पक्राउ परेका छन्। प्रहरीले मानव पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्टी नगरपालिका-१ कोल्टी बस्ने २६ वर्षीय ऋषि भट्टलाई पक्राउ गरेको हो।

पोखरा महानगरपालिका-६ लेकसाइडमा रहेको होटेल ड्रिमल्याण्डमा महिलाहरूलाई काममा लगाई दिन्छु भन्दै उनीहरूले फकाएर यौन शोषण गर्न लगाउने गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उद्धार गरिएका पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

कात्तिक ९, २०७८ मंगलबार १५:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।