नेप्सेमा कारोबार र परिसूचक दुवै बढ्यो

नेप्सेमा कारोबार र परिसूचक दुवै बढ्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हरियाली छाएको छ। नेप्सेको कारोबार र परिसूचक दुवै बढेका छन्।

कारोबारमा आएका १३ वटै उपसमूहमा हरियाली छाएको छ। सोमबार नेप्से ८७ अङ्कले बढेको थियो। 

नेप्से ७८.८२ अङ्कले बढेर २७५१.०७ बिन्दुमा कायम भएको छ। मंगलबार २२७ कम्पनीका १ करोड १४ लाख ८६ हजार १२३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँको कारोबार भएको छ। जीवन बिमा उपसमूहको सेयर सबै भन्दा धेरै ४९९.९८ अङ्कले बढेको छ। दोस्रोमा निर्जीवन उपसमूहको सेयर ३१७.५३ अङ्कले बढेको छ। 

विकास बैङ्क १८५.८३ अङ्कले बढेको छ भने सबै भन्दा कम म्युचुअल फन्डको सेयर ०.२१ अङ्कले बढेको छ। 

कात्तिक ९, २०७८ मंगलबार १५:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।