श्रीमती र छोरीकाे हत्या गरेकाे अभियाेगमा एक जना पक्राउ

श्रीमती र छोरीकाे हत्या गरेकाे अभियाेगमा एक जना पक्राउ

इलाम: आफ्नै श्रीमती र छाेरीकाे हत्या गरेकाे अभियाेगमा एक जना पक्राउ परेका छन्। झारफुक गर्ने क्रममा श्रीमती ३४ वर्षीया सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेको अभियोगमा देउमाई नगरपालिका बारुङ बस्ने ३३ वर्षीय कमल तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हाे। 

कमलले आफ्नै घरभित्र धामी बसी बेलाबखत बहोस हुने बिरामी रहेका आफ्नै श्रीमती र छोरीको झारफुक गर्ने क्रममा घाँटी तथा शरीरको विभिन्न भागमा टोक्दा दुवै जनाको ज्यान गएकाे थियाे। हत्याकाे खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट खटिएको प्रहरीले घटनामा संलग्न कमललाई पक्राउ गरेको हो। 

घटनाबारे थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

कात्तिक ९, २०७८ मंगलबार १४:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।