एकीकृत समाजवादीका सल्लाहकार ढकाल पुनः एमालेमा

बुटवलः नेकपा एकीकृत समाजवादीका सल्लाहकार नन्दी केशर ढकाल नेकपा एमालेमा फर्किएका छन्। रुपन्देहीको बुटवलमा आयोजित नगर अधिवेशन कार्यक्रममार्फत ढकाल एमालेमै फर्किएका हुन्।
एमाले उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलसँगको छलफलपछि ढकाल एमालेमा फर्किएका हुन्। ढकाललाई नेकपा एकीकृत समाजवादीले सल्लाहकार बनाएको थियो।
एमालेका फर्किएका ढकाल हाल बुटवलको एमाले अधिवेशन कार्यक्रममा सहभागि भएका छन्।
कात्तिक ९, २०७८ मंगलबार १३:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।