लगातार उकालाे लाग्दै सुनकाे मूल्य

काठमाडाैंः केही दिनयता नेपाली बजारमा सुनकाे मूल्य निरन्तर उकालाे लागेकाे छ। आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेकाे छ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६०० तोकिएको छ। सोमबार यही सुन प्रतितोला ९२ हजार ४०० मा कारोबार भएको थियो। त्यसअघि आइतबार सुन ताेलमै ४ सयले बढेकाे थियाे।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रहेकाे छ। साेमबार ९१ हजार ९०० थियो।
महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ। आज चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएकाे छ।
कात्तिक ९, २०७८ मंगलबार १२:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।