नेप्सेमा हरियाली, ८७ अङ्कले बढ्यो 

नेप्सेमा हरियाली, ८७ अङ्कले बढ्यो 

सेयर बजार परिसूचक नेप्से ८७.६३ अङ्कले बढेर २६७२.२५ बिन्दुमा कायम भएको स्टक एक्सचेन्जले जनाएको छ। 

२२९ कम्पनीका ८३ लाख ९५ हजार ८६४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ। 

कारोबारमा भएका १३ उपसमूहमा हरियाली छाएको छ। जीवन बिमा उपसमूह ५३७.९२ अङ्कले बढेको छ। निर्जीवन बिमा उपसमूह ४६७.६, विकास बैङ्क ३०१.३३, जलविद्युत २००.८२ अङ्कले बढेको छ।

कात्तिक ८, २०७८ सोमबार १५:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।