फेरि बढ्याे सुनकाे मूल्य

फेरि बढ्याे सुनकाे मूल्य

नयाँ मूल्यअनुसार आज छापावाल सुन ९२ हजार ४०० कायम भएको छ। छापावाल सुन आइतबार प्रतितोला ९२ हजार १०० मा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ९०० रहेको छ। 

महासङ्घले आज चाँदीको मूल्य अघिल्लो मूल्यकाे तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेकाे जनाएकाे छ। आज चाँदी एक हजार २६५ पुगेको छ।

कात्तिक ८, २०७८ सोमबार १२:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।