फ्लोर क्रस हुने भयले काँग्रेसले सार्‍यो प्रदेश १ को बैठक

फ्लोर क्रस हुने भयले काँग्रेसले सार्‍यो प्रदेश १ को बैठक

दुवै दलले निवेदन दिएपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित गरेका छन्। आज मुख्यमन्त्री आचार्यको सरकारले विश्वासको मत लिँदै थिए।

अब कात्तिक १५ गते दिउँसो १२ : ३० मा बैठक बस्नेछ। काँग्रेसले पार्टी सभापति तथा प्रधानमन्त्री बाढी पीडितको अवलोकनमा व्यस्त रहेको भन्दै आइतबारको बैठक स्थगित गर्न माग गरेको थियो। उसले प्रधानमन्त्रीको भ्रमणलाई बहाना बनाए पनि केही सांसदले फ्लोर क्रस गरेर आचार्यलाई मतदान गर्ने सूचनापछि निवेदन दिएको थियो।

एमालेले पार्टीको महाधिवेशनलाई देखाएर बैठक स्थगित गर्न माग गरेको थियो।

 मुख्यमन्त्रीमा रडाको

केन्द्रमा सत्ताधारी दलबिच भएको सहमति अनुसार प्रदेश १ मा एककृत समाजवादीको तर्फबाट राजेन्द्र राई मुख्यमन्त्री हुनुपर्ने भए पनि काँग्रेसले आलोपालोको माग गर्दै आएको छ। मुख्यमन्त्रीका आकाङ्क्षी राजीव कोइरालाले प्रदेश १ मा बागमती प्रदेशमा झैँ आलोपालो मुख्यमन्त्री हुनुपर्ने माग गरिरहेका छन्।

बागमतीमा समाजवादी र काङ्ग्रेसबिच आलोपालो मुख्यमन्त्रीको सहमतिपछि राजेन्द्र पाण्डेको नाम मुख्यमन्त्रीका लागि प्रस्ताव गरिए पनि टुङ्गिएको भने छैन।

कात्तिक ७, २०७८ आइतबार १५:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।