पाब्लाे एस्काेबारपछिकै कुख्यात ड्रग काराेबारी पक्राउ, ठेगाना बताउनेलाई एक अर्ब पुरस्कार

पाब्लाे एस्काेबारपछिकै कुख्यात ड्रग काराेबारी पक्राउ, ठेगाना बताउनेलाई एक अर्ब पुरस्कार

काेलम्बिया सरकारले उनकाे ठेगानाबारे सूचना दिनेलाई झण्डै एक अर्बकाे पुरस्कार राखेकाे थियाे। यता अमेरिकाले पनि झण्डै ६० कराेड रुपैयाँ पुरस्कार ताेकेकाे थियाे। 

काेलम्बियाका राष्ट्रपति इभान डुक्युले उनकाे पक्राउपछि 'लागूऔषध काराेबारीमाथि याे शताब्दिकै ठूलाे धक्का' भन्ने अभिव्यक्ति दिएका थिए। उनले याे धक्कालाई सन् १९९० मा पाब्लाे एस्काेबारकाे पतनसँग मात्र तुलना गर्न सकिने पनि बताए। 

५० वर्षीय ओटोनियललाई उत्तर पश्चिमी काेलम्बियाकाे एक ग्रामिण भेगबाट पक्राउ गरिएकाे हाे। यसक्रममा एक प्रहरी अधिकारीकाे मृत्यु भएकाे जनाइएकाे छ। 

कात्तिक ७, २०७८ आइतबार १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।