प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासकाे मत लिँदै, सरकार ढल्ने निश्चित प्रायः

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासकाे मत लिँदै, सरकार ढल्ने निश्चित प्रायः

माेरङः प्रदेश नम्बर १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासकाे मत लिँदै छन्। गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले शुक्रबार प्रदेश सभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका थिए।

हाल प्रदेश १ मा एमालेकाे अल्पमतकाे सरकार छ। सत्तारुढ दल नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी बनेसँगै सरकार अल्पमतमा परेकाे हाे। संवैधानिक व्यवस्थाअनुसार सरकारमा सहभागी दल विभाजन भएमा विश्वासकाे मत लिनुपर्ने हुन्छ।

तर आज प्रदेश सभाबाट आचार्यले विश्वासकाे मत पाउने सम्भावना छैन। ९२ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन ४७ सांसदको मत चाहिन्छ। तर, अहिले सत्तारुढ एमालेसँग ४१ सांसद मात्र कायम छन्।

प्रदेश १ मा विपक्षी गठबन्धनका नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका ४९ सांसद छन्। गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय यसअघि नै गरेकाे छ। 

कात्तिक ७, २०७८ आइतबार ०९:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।