प्रधानमन्त्री देउवा आज पूर्वका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा जाँदै

काठमाडाैंः प्रधानमन्त्री शेरबहादुर देउवा आज देशकाे पूर्वी क्षेत्रका बाढी तथा पहिराे प्रभावित स्थानमा अवलाेकनका लागि जाँदै छन्। प्रधानमन्त्री देउवाकाे सचिवालयका अनुसार उनी बाढी तथा पहिराे प्रभावित सुनसरी, मोरङ, इलाम र पाँचथर जाने कार्यक्रम रहेकाे छ।
नेपाली सेनाकाे हेलिकप्टरमार्फत देउवा पूर्वी नेपाल जाने भएका हुन्। देउवा आजै साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको छ। यसअघि देउवा बाढी तथा पहिराे प्रभावित सुदूरपश्चिम र कर्णाली प्रदेशकाे अवलाेकनमा गएका थिए।
प्रधानमन्त्रीसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङलगायत पनि अवलाेकनमा जाने भएका छन्।
कात्तिक ७, २०७८ आइतबार ०९:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।