नेपाल एयरलाइन्सले धनगढीबाट डोटी र बझाङकाे उडान गर्ने

नेपाल एयरलाइन्सले धनगढीबाट डोटी र बझाङकाे उडान गर्ने

धनगढीः नेपाल एयरलाइन्सले धनगढीबाट डाेटी र बझाङकाे परीक्षण उडान गर्ने भएकाे छ। सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ यात्रुको चाप बढेपछि नेपाल एयरलाइन्सले धनगढीलाई बेस बनाएर हवाइ सेवा विस्तार गर्नका लागि आइतबार परीक्षण उडान गर्ने भएकाे हाे। 

धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल एयरलाइन्सले उडानका भर्ने तालिका पनि सार्वजनिक भइसकेको धनगढी विमानस्थलले जनाएको छ। धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आइतबार पहिलो दिन धनगढीबाट डोटीको दीपायल र दोस्रो उडान बझाङमा उडान हुने बताए।

धनगढीबाट डोटीकाे भाडादर दुई हजार ६ सय १५ र डोटीबाट धनगढी दुई हजार ५ सय १५ कायम भएको छ। यस्तै धनगढीदेखि बझाङको तीन हजार ९ सय ९५ र बझाङदेखि धनगढी तीन हजार ८ सय ९५ भाडादर कायम भएको छ।

कात्तिक ६, २०७८ शनिबार २१:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।