बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल सुचारु 

बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल सुचारु 

माेरङः विराटनगर विमानस्थल आजबाट सञ्चालनमा आएकाे छ। वर्षाका कारण केसलीया खाेलामा आएकाे बाढीले विमानस्थल गत मङ्गलबार डुबानमा परेकाे थियाे। 

त्यसयता अवरुद्ध हवाई सेवा आज बिहानदेखि सञ्चालनमा आएको हाे। 

विराटनगर विमानस्थलका नागरिक उड्डयन कार्यालयका प्रमुख उत्सव खरेलका अनुसार हाल विमानस्थल बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र सञ्चालनमा आउनेछ। विमानस्थलको सबै उपकरणको चेकजाँच नसकिएकाले सञ्चालन अवधिलाई सीमित पारिएकाे हाे। 

यता विराटनगर विमानस्थल डुबानमा परेर उडान प्रभावित भएपछि विमान सेवा प्रदायकहरूले झापाकाे भद्रपुरबाट उडान भरेका थिए।

विराटनगर विमानस्थलबाट बुद्ध, यती, साैर्य, श्री र गुण एयरलाइन्सले उडान भर्दै आएका छन्। 

कात्तिक ६, २०७८ शनिबार १६:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।