प्रदेश १ का मुख्यमन्त्रीको प्रस्तावमा आइतबार मतविभाजन हुने 

प्रदेश १ का मुख्यमन्त्रीको प्रस्तावमा आइतबार मतविभाजन हुने 

शुक्रबार बसेको प्रदेश सभाको बैठकमा आचार्यले विश्वासको मत लिने प्रस्ताव पेस गरेका छन्। 

उनको प्रस्ताव पेस भएसँगै सभामुख प्रदीपकुमार भण्डारीले आजको बैठक स्थगित गरे। उनले प्रदेश सभाको बैठक कार्तिक ७ गते आइतबार बस्ने जानकारी गराए।

प्रस्तावमा आइतबार नै छलफल हुनेछ। छलफलमा उठेका प्रश्नको मुख्यमन्त्री आचार्यले जवाफ दिएपछि मतविभाजनको प्रक्रिया सुरु हुनेछ। 

एमाले विभाजनसँगै प्रदेश १ सरकार अल्पमतमा परेको छ। विपक्षी गठबन्धनमा एमाले विभाजन भएर दर्ता भएको नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएको छ।

कात्तिक ५, २०७८ शुक्रबार १५:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।