न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडाैंः न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट गरेको छ। निष्काशन गरिएको आईपीओमा कूल २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए।
त्यसमध्ये दुई लाख नाै हजार दुई सय ५० जना आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएकाे हाे। आवेदन दिएकामध्ये १३ हजार नाै सय ४६ जनाको आवेदन रद्द भएको थियाे।
कम्पनीले २२ करोड ५० लाख बराबरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो। निष्काशित शेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीलाई बाँडफाँट गरी बाँकी २० लाख ९२ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिएका थिए।
बाँटफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको बेवसाइट (मेरो शेयर)मार्फत हेर्न सकिने छ। कम्पनीले हाल लमजुङको मर्स्याङ्दी गाउँपालिकामा कूल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।
कात्तिक ५, २०७८ शुक्रबार ११:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।