मधेसमा अराजक बन्दै सिके राउतका कार्यकर्ता

मधेसमा अराजक बन्दै सिके राउतका कार्यकर्ता

यस अगाडि प्रदेश २ का मुख्यमन्त्रीविरुद्ध प्रदर्शनको बहानामा तोडफोडमा उत्रिएका जनमत पार्टीका कार्यकर्ताहरूले बिहीबार जनकपुरधामस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका निमित्त प्रमुखको कपडा च्यातेर शरीरमा हिलो माटो दलिदिएर सहर घुमाएका छन्।

लाठी र बाँसको भाटासहित कार्यालय पुगेका उनीहरूले निमित्त प्रमुख जागेश्वर कुशवाहलाई नियन्त्रणमा लिएर शरीरमा हिलो माटो दलिदिएर जनकपुरधाम उपमहानगरपालिकासम्म पैदल हिँडाएका थिए।

उनीहरूले कुशवाहको सर्ट च्यातिदिएका थिए। जनकपुरधाममा जथाभाबी सडक खनेर बनाउने काम अगाडि नबढाएको उनीहरूको आरोप थियो। सडकमा खनिएको खाल्डो त्यसै छाडिएको भन्दै उनीहरूले दुर्व्यवहार गरेका हुन्।

पछि प्रहरीले हस्तक्षेप गरेर १० जनालाई नियन्त्रणमा लिएको थियो।

कात्तिक ४, २०७८ बिहीबार १८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।