बागमतीमा समाजवादीका नेता पाण्डे मुख्यमन्त्रीमा प्रस्ताव 

बागमतीमा समाजवादीका नेता पाण्डे मुख्यमन्त्रीमा प्रस्ताव 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीले समाजवादीका नेता पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका हुन्। 

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएसँगै विपक्षी गठबन्धनले समाजवादीका नेता पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका हुन्।

बागमती प्रदेशका कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले अहिले गठबन्धनको तर्फबाट पाण्डे नै मुख्यमन्त्री हुने बताए। 

उनले कार्यकाल आधा आधा गर्ने सहमति भए नभएको केही खुलाएनन्। ‘राजनीतिमा सहमति कार्यान्वयन नभए मात्रै भन्ने रैछ,’बानियाले उकेरासँग भने,‘अहिलेलाई गठबन्धनको मुख्यमन्त्री उहाँ (पाण्डे) नै हुनुहुन्छ।’ 

कात्तिक ४, २०७८ बिहीबार १८:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।