बागमती प्रदेश : कार्तिक १० गतेसम्म अष्टलक्ष्मी नै मुख्यमन्त्री   

बागमती प्रदेश : कार्तिक १० गतेसम्म अष्टलक्ष्मी नै मुख्यमन्त्री   

प्रदेश सभाको आज बसेको बैठकमा शाक्यको प्रस्तावमा छलफल मात्रै भएको छ। छलफल सकाएर बाँकी प्रक्रिया कार्तिक १० गतेलाई तोकेर सभामुखले प्रदेश सभा बैठक स्थगित गरेका छन्। 

विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि सारेका छन्। सत्तारुढ नेकपा एमालेले कार्तिक ६ गते वडा अधिवेशन भएकाले प्रदेश सभाको बैठक सार्न दबाब दिएको थियो। 

एमालेको आग्रहमा कार्तिक १० गते मात्रै विश्वासको मत लिने प्रस्तावको बाँकी प्रक्रिया अगाडि बढ्ने भएको छ। विपक्षी गठबन्धनले मुख्यमन्त्री शाक्यलाई मार्ग प्रशस्त गर्न माग गरेका छन् भने सत्तापक्षले विश्वासको मत दिएर सहयोग गर्न भनेको छ।

कात्तिक ४, २०७८ बिहीबार १७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।