बैङ्कको ब्याजदर घटेको असर परेन नेप्सेमा, परिसूचक १४ अङ्कले घट्यो 

बैङ्कको ब्याजदर घटेको असर परेन नेप्सेमा, परिसूचक १४ अङ्कले घट्यो 

नेप्से १४.७० अङ्कले घटेर परिसूचक २५५६.९५ बिन्दुमा कायम भएको छ। बैङ्कहरूले ११.६७ प्रतिशतसम्म पुर्याएको ब्याजदर राष्ट्र बैङ्कको निर्देशनपछि घटाएर अधिकतम ९.३६ प्रतिशत कायम गरेका छन्। 

बिहीबार २१६ कम्पनीका ६१ लाख ६ हजार ४ सय ५२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँको कारोबार भएको छ। अन्य र म्युचुअल फन्ड बाहेकका उपसमूहको सेयर मूल्य घटेको छ। 

सबै भन्दा धेरै सानिमा बैङ्कको २७ करोड १२ लाख र माछापुच्छ्रे बैङ्कको ११ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ।

कात्तिक ४, २०७८ बिहीबार १६:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।