हिमपातका कारण तुम्लिङमा फसेकाहरूकाे उद्धार

हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अनुसार पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा आइतबार रातिबाट परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसकेपछि उनीहरू तुम्लिङमा रोकिन बाध्य भएका हुन्।
अलपत्रमा परेर उद्धार गरिएका चार स्लोभानियाली नागरिक रहेका हुन् भने तीन जना उनीहरूसँगै गएका नेपाली नागरिक ट्रेकिङ गाडइ छन्।
एयर डाइनेष्टिकाे हेलिकोप्टरबाट उनीहरूलाई उद्धार गरी सिमकोट ल्याइएको हाे। यस्तै उनीहरूसँगै अलपत्र परेका अन्य ६ जना भने माैसम सफा भएकाले खच्चडबाट सिमकाेट पुग्ने बताइएकाे छ।
कात्तिक ४, २०७८ बिहीबार १३:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।