सामलिङ्ग पावरको आइपिओ आयो

काठमाडौँ : सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ। कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आइपिओ निष्कासन गरेको हो।
कुल निष्कासित शेयरमध्ये ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोष र १४ हजार ६०० कित्ता शेयर कम्पनीको कर्मचारीहरूका लागि छुट्टाइएको कम्पनीले जानकारी दिएको छ।
६ लाख ७८ हजार ९ सय कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। सर्वसाधारणले कार्तिक ४ देखि ८ गते सोमबारसम्म आवेदन दिन सक्नेछन्। आइपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ।
मेरो शेयरको मोबाइल एप, वेबसाइट तथा नेपाल धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्था र तिनका शाखाबाट सर्वसाधारणले सेयरको आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्कासनको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड हो।
कात्तिक ४, २०७८ बिहीबार १२:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।