भारतमा एक अर्बभन्दा बढी काेराेना भाइरसविरुद्धकाे खाेप लगाइयाे

एजेन्सीः सन् २०२१ काे जनवरीबाट सुरु भएकाे खाेप कार्यक्रमयता भारतमा एक अर्बभन्दा बढी काेराेना भाइरसविरुद्धकाे खाेप लगाइएकाे छ। दुई सय ७८ दिनमा भारतमा एक अर्बभन्दा बढी खाेप लगाइएकाे हाे।
हालसम्म भारतमा करिब ३० प्रतिशत अर्थात् २९ कराेड जनसङ्ख्याले काेराेना भाइरसविरुद्धकाे दुवै डोज खाेप लगाएका छन्। यस्तै ७० कराेड जनसङ्ख्याले पहिलाे डोज लगाएका छन्। भारत सरकारले सन् २०२१ काे अन्त्यसम्ममा एक अर्ब जनसङ्ख्यालाई काेरानाविरुद्धकाे खाेपकाे दुवै मात्रा प्रदान गर्ने लक्ष्य लिएकाे छ।
एक अर्ब खाेप लगाउने भारत चीनपछिकाे दाेश्राे मुलुक हाे। चीनले गत जुन महिनामा एक अर्ब खाेप लगाएकाे थियाे।
हालसम्म भारतमा काेराेना भाइरसका कारण तीन कराेड ४० लाख सङ्क्रमित भएका छन् भने चार लाख ५२ हजारकाे मृत्यु भएकाे छ।
कात्तिक ४, २०७८ बिहीबार ११:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।