स्वदेशमा रोजगारी सिर्जना गर्ने नयाँ योजना बनाइन्छ : मन्त्री श्रेष्ठ

उनले नयाँ योजनाबारे भने विस्तृतमा केही खुलाएनन्। बुटवलमा भएको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारी बाध्यता भएको भन्दै स्वदेशमै रोजगारी सिर्जना गर्न नयाँ योजना बनाइने बताए।
उनले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन आफू गम्भीर रहेको पनि बताए। उनले आफ्नो कार्यकालमा श्रमको उचित मूल्यसँगै वैदेशिक रोजगारलाई सुरक्षित बनाउन आफू लाग्ने बताए।
नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका श्रेष्ठले श्रमिकलाई कोरोना खोपको प्रबन्ध छिटो हुने आश्वासन पनि दिए।
मन्त्री नियुक्त भएपछि पहिलो पटक बुटवल आएका मन्त्री श्रेष्ठले बुटवलको रामनगरमा रहेको श्रम कार्यालयमा बुधबार छड्के निरीक्षण गरे। निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले सेवाग्राही ठगिन हुँदैन भन्ने कुरामा आफू दृढ रहेको बताए।
निरीक्षणका क्रममा मन्त्री श्रेष्ठलाई सेवाग्राहीले दिनमा ५०र६० वटाको मात्रै एक्सीस हुँदा अनलाइन फर्म भरेर हप्ता दिनसम्म कुर्नु परेको बाध्यता सुनाए। उनीहरूले तत्काल समस्या समाधान गरिदिन मन्त्री श्रेष्ठलाई आग्रह पनि गरेका छन्।
कात्तिक ३, २०७८ बुधबार १५:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।