कर्णाली नदीमा बेपत्ता भएका ३ जनाको सकुशल उद्धार

कर्णाली नदीमा बेपत्ता भएका ३ जनाको सकुशल उद्धार

धनगढीः कर्णाली नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका कैलालीका ३ जनाको सकुशल उद्धार गरिएको छ। सोमबार माछा मार्न भन्दै गएका लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का ६१ वर्षीय खडक बहादुर घर्तिमगर, सोही ठाउँका ३५ वर्षीय विक्रम घर्तिमगर र २६ वर्षीय खडक रानामगर बेपत्ता भएका थिए। 

तीनै जनाको कर्णाली नदीको लालमटिया टापुबाट सकुशल उद्धार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

उनीहरूको खोजी कार्यको लागि प्रहरी सँगै स्थानीय १० जनाको टोली खटिएको थियो। उद्धार गरिएको तीनै जनाको अवस्था सामान्य छ।

कात्तिक ३, २०७८ बुधबार १३:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।