मुगु बस दुर्घटना: घाइते थप एक जनाको मृत्यु, मृतककाे सङ्ख्या ३३ पुग्याे

मुगु बस दुर्घटना: घाइते थप एक जनाको मृत्यु, मृतककाे सङ्ख्या ३३ पुग्याे

सुर्खेतः गत असोज २६ गते मुगुमा बस दुर्घटनामा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी घाइते भएका मुगुको छाँयानाथ रारा नगरपालिका – १४ बाम बस्ने अंग बहादुर बुढाका छोरा २७ वर्षीय छोरा दन्त बुढाको उपचारको क्रममा मृत्यु भएको हो।

कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारका क्रममा मंगलबार दिउँसो उनको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले जनाकारी दिए। योसँगै बस दुर्घटनामा मृत्यु हुनेको संखया ३३ पुगेको छ।

२४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थलमा र सोही दिन चार जनाको नेपालगञ्जमा उपचारको क्रममा निधन भएकाे थियाे। हिजाे एक जनाको मृत्यु भएको हो।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको उक्त बस छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो।

कात्तिक ३, २०७८ बुधबार १०:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।