प्रदेश १ मा बाढीकाे सन्त्रास: तरहरा र कन्याममा ४ सय एमएमभन्दा बढी वर्षा, अझै भीषण वर्षा हुने पूर्वानुमान

राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लाे २४ घण्टामा पूर्वी क्षेत्रमा भीषण वर्षा भएका कारण बाढीकाे जाेखिम रहेकाे बताएकाे हाे।
प्राधिकरणका अनुसार पछिल्लाे २४ घण्टामा सुनसरी जिल्लाकाे तरहरा र इलामकाे कन्याममा ४ सय एमएमभन्दा बढी वर्षा भएकाे छ। तरहरामा ४३०.२ एमएम वर्षा भएकाे छ भने कन्याममा ४३३.४ एमएम वर्षा भएकाे छ। यस्तै आगामी २४ घण्टामा अझै बढी वर्षा हुने पूर्वानुमान गरिएकाे छ।
प्राधिकरणका अनुसार हाल ती जिल्लाका तीन वटै सुरक्षा निकायहरूलाई 'उच्च सतर्कता'मा राखिएकाे छ भने जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पनि सचेत गराइएकाे छ।
यसअघि अत्याधिक वर्षाका कारण हिजाे दिउँसैदेखि इटहरीबाट धरान जाेड्ने राजमार्ग जलमग्न भएकाे थियाे।
कात्तिक ३, २०७८ बुधबार ०९:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।