मेस्सीकाे दुई गाेलकाे मद्दतमा पीएसजीकाे जीत, उक्लियाे शीर्ष स्थानमा

पीएसजीका लागि स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल गरे। अर्काे गाेल केलियन एमबाप्पेले गरे। लेइपजीगका लागि आन्द्रे सिल्भा र नोर्डी मुकिलीले एक/एक गोल फर्काए पनि जीतका लागि पर्याप्त भएन।
जीतसँगै पीएसजी समूह 'ए' मा ३ खेलमा ७ अंकसहित शीर्ष स्थानमा पुगेकाे छ। यस्तै ६ अंकसहित म्यान्चेस्टर सिटीले पीएसजीलाई पछ्याइरहेकाे छ। लेइपजीग भने ३ खेलमा ३ हारसहित अंक तालिकाकाे पुछारमा रहेकाे छ।
आज च्याम्पियन्स लिगमा बार्सिलाेना र डाइनामाे किभ भिड्दै छन्। खेल नेपाली समयअनुसार राति साढे १० बाट सुरु हुनेछ।
कात्तिक ३, २०७८ बुधबार ०८:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।