नेप्सेमा ७७ अङ्कको पहिरो

परिसूचक २५१०.७३ बिन्दुमा कायम भएको छ। २२१ कम्पनीका ९५ लाख ७५ हजार ६०१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड ३४ लाख २२ हजार ९९५ रुपैयाँको कारोबार भएको छ।
कार्तिक १ गतेदेखि लागु हुने गरी बैङ्कहरूले ब्याजदर बढाएको प्रभाव सेयर बजारमा परेको छ। सेयर बजार पछिल्लो समय झन्डै ७ सय अङ्कले घटिसकेको छ।
मंगलबारको कारोबारमा १३ उपसमूह सबै राताम्मे भएका छन्।
बैङ्किङ ५१.६६, व्यापार ५१.९३, निर्जीवन बिमा ३१४.०८ र जीवन बिमा समूह ४२८.३९ अङ्कले घटेको छ।
मंगलबार सबैभन्दा बढी नबिल बैङ्कको ११ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ।
कात्तिक २, २०७८ मंगलबार १६:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।