वर्षाका कारण देशभरका चार राजमार्ग अवरुद्ध

हिजाे १ गतेयता अवरुद्ध भएका राजमार्गमा बेनी-मुस्ताङ राजमार्ग, भीमदत्त राजमार्ग, चाैखुटेअछाम-बाजुरा सडकखण्ड र जयपृथ्वी राजमार्ग रहेका छन्। बेनी-मुस्ताङ राजमार्गकाे बेनी गाउँपालिका-४ घुमाउनी भीरमा हिलाे भएका कारण बाटो अवरुद्ध भएकाे छ भने भीमदत्त राजमार्गकाे चुरे गाउँपालिका-५ भासुभीर र जाेरायल गाउँपालिका-१ मा पहिराेका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएकाे छ।
यता चाैखुटेअछाम-बाजुरा सडकखण्डमा चाैरपाटी गाउँपालिका-६ दुनिभावरमा पनि पहिराेका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएकाे छ भने जयपृथ्वी राजमार्ग केदारस्यूँ गाउँपालिका-१ नाडीगाैडामा बाढीका कारण अवरुद्ध भएकाे छ।
अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेकाे छ।
कात्तिक २, २०७८ मंगलबार १४:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।