साफको उपविजेता टोलीमा रहेका खेलाडीलाई पाँच लाख, प्रशिक्षकलाई तीन लाख

काठमाडौँ : साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली फुटबल टोलीका खेलाडीहरूलाई सरकारले ५-५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडीहरूलाई ५/५ लाख र प्रशिक्षकहरूलाई ३-३ लाख नगद उपलब्ध गराउने निर्णय गरेको हो।
मालदिभ्समा शनिवार सकिएको साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो। फाइनलमा भारतसँग ३-० ले पराजित भएर टोली उप विजेता भएको थियो। टोली सोमबार नेपाल फर्किएको थियो।
कात्तिक १, २०७८ सोमबार १८:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।