टी ट्वेन्टी विश्वकप सुरु, आज दुई खेल

काठमाडौः आजबाट २० ओभरको टी ट्वेन्टी विश्वकप सुरु भएको छ। विश्वकपको पहिलो खेलमा ओमान र पपुवा न्युगिनी भिड्दैछन्।
खेल नेपाली समयअनुसार दिउँसाे ३;४५ बाट सुरु हुनेछ। ओमान देब्रे हाते ब्याट्सम्यान जिसान मक्सुदको कप्तानीमा मैदान उत्रनेछ भने पपुवा न्युगिनी आसाद भालाकाे कप्तानीमा मैदानमा उत्रनेछ।
यस्तै आजै बङ्गलादेश र स्कटल्याण्ड पनि भिड्दैछन्। नेपाली समयअनुसार साँझ ७:४५ बाट बङ्गलादेश र स्कटल्याण्डबीचकाे खेल सुरु हुनेछ। दायाँ हाते ब्याट्सम्यान महमदुल्लाहकाे कप्तानीमा उत्रने बङ्गलादेशले काइल काेइत्जरकाे कप्तानीमा उत्रने स्कटल्याण्डलाई दराे चुनाैती दिने अनुमान गरिएकाे छ।
आगामी शुक्रबारसम्म प्रतियाेगितामा समूह चरणका खेलहरू हुनेछन् भने आगामी शनिबारबाट सुपर १२ काे खेल हुनेछ।
असोज ३१, २०७८ आइतबार ०७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।