अफगानिस्तानको मस्जिदमा बम विस्फोटमा ३७ जनाको मृत्यु

अफगानिस्तानको मस्जिदमा बम विस्फोटमा ३७ जनाको मृत्यु

एजेन्सी : अफगानिस्तानको सिया मस्जिदमा भएको बम विस्फोटमा ३७ जनाभन्दा बढीको  मृत्यु भएको छ। कान्दहार सहरमा रहेको उक्त मस्जिदमा शुक्रवार गराइएको विस्फोटमा परी ७० जनाभन्दा बढी घाइते भएका छन्।

शुक्रवार दिउँसो बिबी फातिमा मस्जिदमा भएको आत्मघाती बम आक्रमण भएको थियो। प्रत्यक्षदर्शीका अनुसार एक जनाले मस्जिदको गेट र दुई जनाले भित्र विस्फोट गराएका थिए।

घटनास्थलको तस्बिरमा मस्जिदका झ्यालका सिसा फुटेका र शवहरू भुईँमा छरिएको देखिन्छ। तालिबानले विशेष सुरक्षा फौजले घटनास्थल घेरामा राखेको छ।

आक्रमणको जिम्मा कसैले लिएको छैन तर आईएस–केको संलग्नताको आशङ्का गरिएको छ।

असोज ३०, २०७८ शनिबार ०८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।