आज साफ च्याम्पियनसिपको फाइनलमा नेपाल-भारतको प्रतिस्पर्धा

काठमाडौँ : १३ औँ संस्करणको साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारतबिच प्रतिस्पर्धा हुँदै छ। मालदिभ्सको मालेस्थित फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ।
फाइनल खेल जित्न दुबैका लागि कठिन देखिन्छ। भारत लिग चरणको विजेता र नेपाल उप-विजेताको रूपमा फाइनलमा पुगेको हो।
भारतले समूह चरणका दुई खेल जितेको थियो। दुई खेलमा बराबरीको नतिजा आएको थियो। भारत ८ अङ्क सहित पहिलो नम्बरमा रह्यो। नेपालले २ खेल जितेको थियो। एक खेल बराबरी र एक खेल हारेपछि सात अङ्क पाएर दोस्रो भएको थियो।
लिगमा भएको भेटमा भारतले नेपाललाई पराजित गरेको थियो। नेपाल-भारतको भेट नेपालका लागि त्यति सुखद छैन। तर नेपाली क्याप्टेन किरण चेम्जोङले पुराना कुरा बिर्सिएर फाइनलमा गोर्खाली पाराले खेल्ने बताएका छन्।
असोज ३०, २०७८ शनिबार ०६:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।