भारतविरुद्ध गोर्खाली शैलीमा खेल्छौँ : नेपाली फुटबल कप्तान

एजेन्सी : नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले साफ च्याम्पियनसिपको फाइनलमा जितका लागि गोर्खाली शैलीमा खेल खेल्ने बताएका छन्।
शुक्रवार प्री-म्याच कन्फरेन्समा बोल्दै किरणले भने 'भोलि हाम्रो सबै थोक हो।जितका लागि हामी सबै थोक दिन्छौँ। हामी गोर्खाली शैलीमा खेल्छौँ।'
शनिवार मालदिभ्सको माले स्थित राष्ट्रिय रङ्गशालामा फाइनल हुँदैछ। नेपालले फाइनलमा भारतको सामना गर्दैछ। भारतसँगको खेलमा नेपाल १-० ले पराजित भएको थियो।
प्रेस कन्फरेन्सका क्रममा उनले विगतलाई भुलेर उपाधि उचाल्ने गरी खेल्ने पनि बताए।
नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले भारतविरुद्ध खेल्न टिम सबै हिसाबमा तयार रहेको बताएका थिए।
प्री-म्याच कन्फ्रेन्समा भारतीय फुटबल टिमका सहायक प्रशिक्षक शानमुगम वेंकटेशले नेपाल विरुद्धको साफ च्याम्पियनसिप फाइनल खेल कठिन रहेको बताएका छन्।
असोज २९, २०७८ शुक्रबार २१:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।